महेन्द्रनगर । कञ्चनपुरका नाका भएर दैनिक हजारौँ नागरिक रोजगारीका लागी भारत प्रवेश गर्ने गरेका छन् । स्वदेशमै रोजगारीका अवसर नभेट्टाउनु, रोजगारीका अवसर नहुनु जस्ता कारणले नेपालीहरू रोजगारीका लागी भारत प्रवेश गर्ने गरेका हुन् ।
भारत छिर्दादेखि नै मजदुरहरूले अनेक समस्याहरू सामना गर्नुपर्ने बाध्यता छ । एकातिर नाकामा कडाँई नहुनु, भारत प्रवेश गराउने गिरोह लुट्ने मानसिकताबाट ग्रसित रहँदै आएपनी सम्बन्धित निकाय भने बेखबर बनेको देखिन्छ ।
दैनिक भारत प्रवेश गर्ने मजदुरको सङ्ख्या, कुन कामका लागी गइरहेका छन् र फर्किनेको संख्याकती रहेको छ भन्ने विषयमा प्रशासनले जानकारी नै राखेको पाइएन । प्रशासनले कोरोनाको समयमा भने नेपाल–भारत प्रवेश गर्नेको सूची तयार गरेको थियो । तर त्यसपछि भने प्रशासनले न त मजदुरहरूकै तथ्याङ्क राखेको पाइन्छ न मजदुरहरूका समस्या समाधान नै गरेको छ ।
बुधवार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले महेन्द्रनगरमा आप्रवासी मजदुरहरू विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा मुन्द्रे व्यवसायीबाट मजदुर ठगिने गरेका, गिरोहबाट पैसा लुटिने गरेका तमान समस्या राखिए । महिला बेचबिखन, लागु औषधको ओसार पसार लगायतका तमाम विकृतिहरू नाका भएर हुने गरेका सहभागीहरूले गुनासो पोखे ।
सुरक्षा निकाय कै कर्मचारीबाट मजदुरहरूले अनेक बहानामा दुख पाउने गरेको कार्यक्रममा सहभागीहरूले औँल्याए । निड्स नेपालकी अन्जु जोशी भट्टले मजदुरबाट प्रहरीले रकम, फलफूल लिने गरेको बताइन् । समस्यामा परेका मजदुरलाई सहयोग गर्नुपर्नेमा प्रहरी उल्टै मजदुरको शोषणमा लागेको देख्दा आश्चर्य लागेको उनले बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै माइती नेपालकी मथुरा कुँवरले मजदुरहरूलाई लुट्न ठेकदारी प्रथा नै चलेको बताइन् । नेपालबाट रोजगारी गर्न भारत छिर्दा भारतीय ठेकेदारले रोजगारी लगाइने दिने बहानामा प्रतिप्रव्यक्तीबाट महिनौँ पिच्छे हजारौँ रकम असुल्ने गरेको पाइएको उनले बताइन् ।
मजदुरहरूको समस्या समाधान र उनीहरूको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा त्यो भने नपाइएको उनले बताइन् । माइती नेपालले महिला तथा बालबालिकाहरूको उद्धार गर्दे आएपनी उचित न्याय भने दिलाउन नसकेको उनले सुनाइन् ।
खुला नाकामा डकैतीहरूको हालीमुहाली रहेको कार्यक्रममा सहभागीहरूले बताए । काम गरेर आउने मजदुरहरूलाई लुट्टन् डकैतीहरूको समूह नै रहने गरेको बताइएको छ । उनीहरूले फलफूल, खानाका माध्यम वा अन्य कुनै माध्यमबाट मजदुरहरूमा भ्रम तुल्याइ रकम लुट्ने गरेको पाइएको कार्यक्रममा सहभागीहरूले बताए ।
एकातिर मुन्द्रे व्यवशायीहरुबाट दुख पाइरहेको गुनासो गरिएको छ । मुन्द्रे व्यवसायीले भारतीय सँग सम्पर्क गर्ने र ठेकेदारकहाँ पु¥याइदिने अवस्था रहेको कार्यक्रममा सहभागीहरूले बताए । तर सुरक्षा निकाय भने चनाखो नभइदिँदा मजदुरहरूले झन् पिडा भोग्नुपर्ने बाध्यता रहिआएको गुनासो गरिएको छ । प्रशासनले भारत काम गर्न जाने मजदुरहरूको विषयमा कुनै चासो नै राखिएको पाइएन । सुरक्षा संयन्त्रहरू परिचालन गरिनुपर्नेमा विकृतिहरू हटाउनमा समेत प्रशासनले तदारुकता देखाएको नपाइएको कार्यक्रममा सहभागीले बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले मुन्द्रे व्यवसायीहरू अझैपनी छन् कि भन्दै प्रश्न गरे । उनले मुन्द्रे व्यवसाय बन्द गर्न महिना दिन अघि नै आदेश जारी गरिएको सम्झिए । यस्तै भारत प्रवेश गर्ने र फर्किने मजदुरहरूको विषयमा तथ्याङ्क राख्न नसकिएको उनले स्विकारे । मजदुरहरूका समस्याप्रति सबै चनाखो हुनुपर्नेमा सिडिओ पाण्डेले जोड दिए ।
उनले भने,–‘सबैको दायित्वको विषय हो, स्थानीय निकाय देखी प्रदेश सङ्घ सरकारले पनि मजदुरहरूलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’ उनले मजदुरहरूको विषयमा दुई देश बिचको अन्र्तर समन्वयात्मक बैठकमा पनि कुरा उठाउने गरेका जनाए ।
आगामी दिनमा सुरक्षाका दृष्टिकोणले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिने सिडिओ पाण्डेले बताए ।
.gif)