मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरमा नेपाल एयरलाईन्सको नियमित उडान होला त?


पश्चिम प्रेस
आइतबार, कात्तिक ७ २०७८
  • 628
    Shares

  • images
    images
    सुदूरमा नेपाल एयरलाईन्सको नियमित उडान होला त?

    महेन्द्रनगर । नेपाल एयरलाईन्सले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा धनगढीबाट उडान सुरु गरेको छ ।
     बेमौसमी वर्षाले सुदूरपश्चिमका पहाडी जिल्लाको सडक सम्पर्क टुटेपछि धनगढीबाट उद्धार उडान सुरु भएको छ । तर निगमका कर्मचारी नहुँदा दिगो रुपमा उडान सञ्चालन हुनेमा दुविधा छ । आईतबार डोटी रबझाङ्गमा परिक्षण उडान गरेको भएपनि प्रयाप्त कर्मचारी नहुँदा समस्या भएको हो । 
    सुदूरपश्चिममा उडान सुरु भएपछि यहाँका बासिन्दाहरु उत्साहित भएका छन । नेपाल एयरलाईन्सले सुदूरमा नियमित उडान गर्नु पर्ने आवाज समेत उठ्न थालेको छ । आईतबारको उडानमा धनगढी विमानस्थलमा प्रहरी र कर्मचारीले, डोटीमा एटीसी तथा सुरक्षाकर्मीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, यात्रु जहाजमा चढाउने, सामान लगेज लोड–अनलोड गर्ने काम गरका थिए । 
    १३ सय कर्मचारी भएको निगमको धनगढी कार्यालय नियमित उडान रोकिएपछि डेढ वर्षयता बन्द छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँगै बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबार काठमाडौं फर्केर निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नायब महाप्रबन्धक गणेश चन्दलाई तत्काल सडक सम्पर्क टुटेका डोटीको दिपायल र बझाङको चैनपुरमा उडान राख्न निर्देशन दिएका थिए । 


    प्रतिक्रिया दिनुहोस