शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता


शनिबार, वैशाख ३१ २०७९
  • 1.4K
    Shares

  • images
    images
    कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

     कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिनुभएको छ, भने उहाँलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

    बेल्डाडीमा अध्यक्षमा कांग्रेसका रानाले १९१ मत पाउनु भएको छ भने उपाध्यक्षमा कांग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फुलकुमारी रानाले २२३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी यहाँको बेलौरी नगरमा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिनुभएको छ । बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिनु भएको छ । सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याउनु भएको छ, भने नेपाली कांग्रेसबाट नगरप्रमखुका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गर्नुभएको छ ।

    उता लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बन्नु भएका श्रीकृष्ण रानाले अग्रता लिनुभएको छ । यहाँ वडा नं ६ मा वडाध्यक्षसहित प्यानल कांग्रेसको विजयी भइसकेको छ । हालसम्मको गणनाअनुसार कांग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गर्नुभएाको छ । त्यसैगरी भीमदत्त नगरमा पनि नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन् ।

    यहाँ एक सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी यहाँको बेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ । भने अन्य पालिकामा पनि शनिबार दिउँसोदेखि गणनाको तयारी गरिएको छ ।




    प्रतिक्रिया दिनुहोस