मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

दार्चुलामा विजयी जुलुसमा गएको हायस दुर्घटना, तीनजनाको मृत्यु 


पश्चिम प्रेस
सोमबार, जेठ २ २०७९
  • 1.0K
    Shares

  • images
    images
    दार्चुलामा विजयी जुलुसमा गएको हायस दुर्घटना, तीनजनाको मृत्यु 

    महेन्द्रनगर । दार्चुलामा हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से१ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।

    सोमबार बिहान साढे ९ बजे भएको दुर्घटनामा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी र हरिष धामीको  मृत्यु भएको उनले बताए ।  मृतक तीनैजना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस