मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

आज बुद्ध जयन्ती, महेन्द्रनगर स्थित भोजनालयद्धारा निशुल्क खाना


पश्चिम प्रेस
सोमबार, जेठ २ २०७९
  • 782
    Shares

  • images
    images
    आज बुद्ध जयन्ती, महेन्द्रनगर स्थित भोजनालयद्धारा निशुल्क खाना

    महेन्द्रनगर । विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनगर स्थित हाम्रो भोजनालयले निशुल्क खानाको बन्दोवस्त गरेको छ ।  बुद्ध जयन्तीका अवसरमा आज शान्तीको प्रार्थना सहित पुजा–आजा गरेर विहान ८ बजेदेखी निशुल्क भोजन गराइएको सञ्चालक चक्र प्रशाद मिश्रले जानकारी दिए । 

    भगवान बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने उनले जनाए । बुद्धका विचार विश्व शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको बताउँदै उनले सबैले अनुसरण गर्नुपर्ने बताए । नेपालमा जन्मीएर विश्व शान्ती कायम गरेका भगवान बुद्ध झै नेपालीहरुले सत्मार्गमा लाग्नुपर्ने उनले बताए । 

    महेन्द्रनगर बजारको गल्लिनम्बर ४ स्थित हाम्रो भोजनालय ८ वर्ष पहिले सञ्चालनमा आएको थियो । 


    प्रतिक्रिया दिनुहोस