सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

नेपाल एयरलाइन्सले अछाममा पनि उडान भर्ने ,भाडा कति ?


पश्चिम प्रेस
सोमबार, कात्तिक ८ २०७८
  • 854
    Shares

  • images
    images
    नेपाल एयरलाइन्सले अछाममा पनि उडान भर्ने ,भाडा कति ?

    धनगढी । नेपाल एयरलाइन्सले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान भर्न थालेको छ। केहिदिन अगाडिको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सडक मार्ग अवरुद्ध भएपछि नेपाल एयरलाइन्सले यात्रुको सहजतका लागि उडान भर्न थालिएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले भोलीदेखी अछाममा पनि उडार्न भर्ने भएको छ। नेपाल एयरलाइन्सले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएको उनले बताए। एयरलाइन्सले अहिले धनगढीदेखि बझाङ र डोटी उडान भर्दै आएको छ।
     अघिल्लो वर्षदेखि समिट एयरले मात्र सुदूरपश्चिमका पहाडी जिल्लामा एकलौटी उडान भर्दै आएको थियो । उक्त एयरलाइन्सले मनोमानी किसिमले भाडा दर कायम गरेको भन्दै यात्रुहरूले पटकपटक गुनासो गरेपनी सुनुवाइ भएको थिएन । समिट एयरले बझाङ्गमा ४ हजार ९ सय आसपास र डोटीको लागि ३ हजार ९ सय आसपासमा उडान भर्दै आएको छ। नेपाल एयरलाइन्सले भने समिट एयर भन्दा केही कम मुल्यमा भाडादर कायम गरेको छ।  भोलीदेखी अछाम उडान भर्ने भनेपनी भाडा दर भने सार्वजनिक भैनसकेको नेपाल एयरलाइन्सका कर्मचारी किरण श्रेष्ठले जानकारी दिए । नेपाल एयरलाइन्सले कायम गरेको भाडादर 
    १ धनगढीदेखि डोटी २६१५
    २ डोटीदेखि धनगढी २५१५
     ३ धनगढीदेखि बझाङ्ग ३९९५
     ४ बझाङ्गदेखि धनगढी ३८९५ 

     


    प्रतिक्रिया दिनुहोस