सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सिमानाका जनताको न सुरक्षामा इछ्या न ज्यानमा ध्यान !


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 861
    Shares

  • images
    images
    सिमानाका जनताको न सुरक्षामा इछ्या न ज्यानमा ध्यान !

    गत शुक्रबार व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा जयसिंह धामी नदीमा बेपत्ता भएको घटना राष्ट्रिस्तरमै बहसको विषय बनिरहेको छ ।
    तर दार्चुलाको व्यासमा यो घटना भने पहिलो हैन दार्चुला जिल्लामा मात्रै २८ बर्षको अवधिमा २६ जना महाकालीमा बगेर ज्यान गुमाएका छन । व्याँस गाउँपालिका वडा नम्बर २ ले २०५० सालदेखि हालसम्म महाकाली नदीमा २६ जनालाई गुमाइसकेका छ । २०५० सालदेखि अहिलेसम्म महाकाली नदीमा तुइन तर्ने क्रममा मात्रै खसेर २० जनाको मृत्यु भईसक्दासम्म सरकारको ध्यान गएन । पटक पटक सिमानाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीबाट नेपालीमाथी ज्यादती हुदाँ समेत नेपाल सरकार चिर निन्द्रामा छ । व्यासमा नदी तर्ने क्रममा चिप्लेर ४ जना र ढुङ्गा लागेर २ जनाको मृत्यु भएको छ । कष्टकर यात्रामा वर्षेनी ज्यान गुमाइरहेका दार्चुलाको व्यास बासीका लागि सरकारल चुनावमा बाहेक कहिले भेटिएन । दार्चुलामा मात्रै हैन सुदूरपश्चिम प्रदेशमा भारतसंग सिमान जोडिएका अन्य जिल्लामा पनि एसएबीले बेलाबेला नेपालीमाथी ज्यादती गर्देै आएको छ । तर पनि सरकारले कहिल्यै सिमा सुरक्षामा ध्यान दिएन ।


    २३ फागुन २०७३ : बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय मजदुर कृष्ण रानालाई कुटपिट ।
    २६ फागुन २०७३: गोली प्रहार गरी पुनर्वास नगरपालिका– ४, का गोविन्द गौतमको हत्या ।
    १० चैत २०७३ : भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवका स्थानीय प्रेमसिंह नायक, केशवसिंह नायक, वीरसिंह ठगुन्ना, ठगुन्नाकी धर्मपत्नी कलापति ठगुन्ना र उनका छोरा हिक्मतसिंह ठगुन्नालाई कुटपिट ।

    वैशाख २०७५ : पुनर्वास नगरपालिका– ९, बीचफाँटामा लगाएको तारबार उखेलिदिएको । नेपालको प्यारातालमा नेपाल पक्षबाट ठेक्का दिँदासमेत भारतीय वन विभागले एसएसबीको आडमा आधा माछा लिने गरेको ।

    जेठ २०७५ पहिलो साता : बेलौरी नगरपालिका– १०, भुडाका स्थानीय किसान खेमराज पन्तलाई खेती लगाउनबाट रोकेको ।

    ९ असार २०७५ : हतियारसहित आएका एसएसबीले पुनर्वास नगरपालिका– ८, पचुईमा हुलाकी सडक निर्माणमा अवरोध । त्यसयता चारपटक आएर हुलाकी सडकको काम अगाडि नबढाउन धम्की ।

    चैत २०७६ : भीमदत्त नगरपालिका– ९, ब्रह्मदेवमा मुक्तहलियाका चार परिवारको घर निर्माण गर्दा अवरोध गरेको ।

    असार २०७७ : ब्रह्मदेवमै सिद्धनाथ सामुदायिक वनले आफ्नै क्षेत्रमा वृक्षरोपण गर्दासमेत अवरोध गरेको । एसएसबीका अवरोधका बीच सामुदायिक वनले वृक्षरोपण गरेको थियो । २०७६ मै त्यहाँ नेपालतर्फको सडक र जेठ ०७८ मा कल्भर्ट निर्माणमा अवरोध गरेको ।

    साउन २०७७ : हतियारसहित फिल्म शैलीमा आएर हुलाकी सडक अवरोध गरेको । बेलौरी नगरपालिका– १, फटैयाका स्थानीय मानबहादुर सुनार र कर्ण सुनारलाई लालपुर्जा भएको जमिन दुई दशकदेखि उपभोग गर्न नदिएको ।

    २०७७ : बेलौरी– १०, मा सडकघाट क्षेत्रमा किसानलाई खेती भित्र्याउन अवरोध गरेको ।

    कैलाली
    चैत २०७३ : भारतको जंगलमा भैँसी चराएको निहुँमा कैलारी गाउँपालिका– ७, का तुलाराम चौधरीलाई पक्राउ गरी ५० हजार भारु जरिवाना तिराएर छोडेको ।
    कार्तिक–मंसिर २०७४ मा दशगजामा विवाद हुँदा भजनी नगरपालिका– ३, मा स्थानीयको करिब १० बिघा जमिनमा ट्र्याक्टरद्वारा खनजोत गरेको ।

    २०७५ माघ : धनगढीसँगै जोडिएको कञ्चनपुरको पुनर्वास– ११, डोकेबजारस्थित दशगजानजिक अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालसँग समन्वय नगरी भारतको वन विभागले एसएसबी खटाएर ट्रेन्च निर्माण गरेको ।

    २०७७ माघ : कैलारी गाउँपालिकाको सीमावर्ती बस्ती शिवरत्नपुरमा तारबार गर्न सिमेन्टका पोल लिएर गएको ट्र्याक्टर नेपालको सिमानास्थित मोहना नदीबाट नियन्त्रणमा लिएको । जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयपछि छोडेको ।
    – मोहना नदीमा माछा मार्न गएका कैलारी– ३, का हिरामणि चौधरी, जालुराम चौधरी, जंगबहादुर चौधरीसहित पाँचजनालाई नियन्त्रणमा लिएको । करिब १०–११ वर्षअघिको यो घटनामा उनीहरूलाई जनही आठ–आठ हजार भारु तिराएर छोडेको ।


    प्रतिक्रिया दिनुहोस