मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अछामका ५ पालिकामा कांग्रेस विजयी, एमाले र माओवादी कस्सिदै


पश्चिम प्रेस
बुधबार, जेठ ४ २०७९
  • 620
    Shares

  • images
    images
    अछामका ५ पालिकामा कांग्रेस विजयी, एमाले र माओवादी कस्सिदै

    महेन्द्रनगर । दश पालिका रहेको अछाममा ८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जहा एमालेले (२) मंगलसेन नगरपालिका र तुर्माखाँद गाउँपालिका , नेपाली कांग्रेसले (५) कमल बजार नगरपालिका, चौरपाटी, रामारोशन, ढकारी र बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्र(१) विजयी भएको छ ।

    मंगलसेन नगरपालिकाको मेयरमा एमालेका पदमबहादुर बोहरा पुनः निर्वाचित भएका छन् भने उपमेयरमा संगीता रावल सोडारी विजयी भएकी छन् । मेयर बोहराले ५७३७ मत ल्याए भने प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५००२ मत ल्याए । उपमेयर सोडारीले ५७१९ मत ल्याइएन भने, प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बम रावलले ३०७५ मत ल्याइन् । तुर्माखाँद गाउँपालिकामा पनि एमालेकै डम्बरबहादुर बिसी ३५२३ मत सहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३४९३ मत प्राप्त गरे । उपाध्यक्षमा विमलाकुमारी ३ हजार ५०१ मत सहित विजयी भइन् । निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत ल्याइन् ।

    मेल्लेख गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्वाला साउद ५१४४ मत सहित विजयी भएका छन्। प्रतिद्वन्द्वी एमालेका भीमबहादुर साउदले ४१८४ मत प्राप्त गरे। उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्का ४४८४ मत सहित विजयी भए । उनका प्रतिद्वन्द्वी समाजवादीकी समिताकुमारी महरले ३८६८ मत प्राप्त गरिन् ।
    चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउँद ३ हजार ९८२ मत सहित विजयी भएका छन् ।  प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी सरदेवी खड्का ३ हजार ७३४ मत सहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिता खड्काले २ हजार ४९१ प्राप्त गरिन् । 

    रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसकै मानबहादुर साउद ३१ सय २७ मत सहित अध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा तीन हजार २८ मत सहित विजयी भइन् । प्रतिद्वन्द्वी नेकपा एमालेकी वसन्ती धामी साउदले २७ सय २८ मत ल्याइन् । 

    कमलबजार नगरपालिकामा पनी कांग्रेसकै यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतसहित मेयरमा विजयी भएका छन्  ।  उपप्रमुखमा एमालेकी शारद बिष्ट (कुँवर) ४ हजार ५२८ मत सहित विजयी भइन् । ढकारी गाउँपालिकामा पनी कांग्रेसकै प्रकाशबहादुर साउँद ३ हजार १८१ मतसहित अध्यक्षमा विजयी भएका छन् । बान्नीगढी जयगढ गाउपालिका पनी कांग्रेसका टेकबहादुर साउद अध्यक्ष र एमालेका बिन्दु रावल उपाध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुरलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् । उपाध्यक्षमा रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् । 

     


    प्रतिक्रिया दिनुहोस