मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा समाजवादीले खाता खोल्यो, घोडाघोडीको मेयरमा रावत


पश्चिम प्रेस
बिहीबार , जेठ ५ २०७९
  • 662
    Shares

  • images
    images
    सुदूरपश्चिममा समाजवादीले खाता खोल्यो, घोडाघोडीको मेयरमा रावत

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाताखोलेको छ । नेकपा एमालेलाई पराजित गर्दै कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले खाता खोलेको हो। 

    नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन्।

    उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन्।


    प्रतिक्रिया दिनुहोस