मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

अछामको साँफेबगरमा जेठ ६ गते अर्को चुनाव हुने


पश्चिम प्रेस
बिहीबार , जेठ ५ २०७९
  • 703
    Shares

  • images
    images
    अछामको साँफेबगरमा जेठ ६ गते अर्को चुनाव हुने

    महेन्द्रनगर । अछामको साँफेबगरमा अर्को चुनाव जेठ ६ गते गर्ने निर्णय भएको छ ।  बिहीबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत विवादका कारण स्थगित भएको निर्वाचन पुनः गर्न लागिएको जनाएको हो । 

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जेठ ६ गते अछामको साँफेबगरमा पुन मतदान हुने र उदयपुरको त्रियुगा वडा नम्बर १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सन्र्दभमा आयोगबाट निर्णय हुन बाँकी रहेको बताए । यस्तै विवादका कारण स्थगित भएका ५ स्थानमा जेठ १ गते, ७  स्थानमा जेठ २ गते ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भएको आयोगका प्रवक्ता शर्माले बताए ।  


    प्रतिक्रिया दिनुहोस