शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट


आइतबार, जेठ ८ २०७९
  • 621
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

    काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य

    RoshanSapkota_KTM_RSS_08(1).JPG
    undefined

    नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभएको हो ।




    प्रतिक्रिया दिनुहोस