बुधबार, कात्तिक २६ गते २०८३ || Nov 11, 2026
  • यो साता चर्चामा :

धनगढी उपमहानगरपालिकाका मेयर हमालले गरे पदभार ग्रहण


पश्चिम प्रेस
सोमबार, जेठ ९ २०७९
  • 541
    Shares

  • images
    images
    धनगढी उपमहानगरपालिकाका मेयर हमालले गरे पदभार ग्रहण

    महेन्द्रनगर । स्वतन्त्रबाट निर्वाचित कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालले जिम्मेवारी सम्हालेका छन् । सोमबार सपथ ग्रहण गरे लगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।

    मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।


    निर्वाचन कार्यालयका अनुसार हमाल १२ हजारभन्दा बढी मतान्तरले मेयरमा विजयी भएका हुन् । उनले २६ हजार ८६५ मत ल्याएका थिए ।


    प्रतिक्रिया दिनुहोस