शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित


मंगलबार, जेठ १० २०७९
  • 620
    Shares

  • images
    images
    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

    प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले जानकारी दिनुभयो । बैठकमा सिक्टा, रानीजमरा र भेरी बबइ आयोजना अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदन पनि पारित भएको छ ।

    यसैगरी वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यदलले पेश गरेको प्रतिवेदन पनि समिति बैठकमा छलफल गरी पारित गरिएको छ । बैठकमा समिति सभापति पूर्णाकुमारी सुवेदी, सांसदहरु दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, शक्तिबहादुर बस्नेत, राधा ज्ञवाली, राजबहादुर बुढा, सत्यनारायण शर्मालगायतले अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमा सुझाव दिनुभएको थियो ।

    समिति बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको हो । विसं २०७८ मा संसद् विघटन र विसं २०७७ कोरोना महामारीका कारण वार्षिक प्रतिवेदन बनाउन नसकिएको समितिले जनाएको छ ।-

     




    प्रतिक्रिया दिनुहोस