मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, २४ जना घाइते


पश्चिम प्रेस
बुधबार, जेठ ११ २०७९
  • 737
    Shares

  • images
    images
    अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, १ को मृत्यु, २४ जना घाइते

    महेन्द्रनगर । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो भने सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । 

    प्रहरीका अनुसार हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस