बुधबार, कात्तिक २६ गते २०८३ || Nov 11, 2026
  • यो साता चर्चामा :

बैतडीमा एकल पुरुषलाई ‘विधुर भत्ता’


पश्चिम प्रेस
बिहीबार , जेठ १२ २०७९
  • 747
    Shares

  • images
    images
    बैतडीमा एकल पुरुषलाई ‘विधुर भत्ता’

    बैतडी । सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधुवा भत्ता प्रदान गर्ने गरिएको छ । तर, बैतडीको पुर्चाेडी नगरपालिका वडा नम्बर ७ कार्यालयले भने एकल पुरुष अर्थात् विधुरलाई पनि मासिक रूपमा भत्ता उपलब्ध गराउने निर्र्णय गरेको छ ।

    श्रीमती गुमेका विधुर पुरुषहरुलाई मासिक १ हजारका दरले भत्ता दिने वडाको पहिलो निर्णय पारित भएको हो । नव निर्वाचित वडा अध्यक्ष धिरेन्द्र बहादुर बमसहित वडासदस्यले पदभार ग्रहण गर्दै विधुरभत्ता उपलब्ध गराउने र कमजोर आयस्तर भएका बिद्यार्थीहरुका लागि वडा अध्यक्षले पाउने पारिश्रमिकबाट १५ जनासम्म बिद्यर्थीहरुलाई पोसाकको ब्यवस्था गर्ने निर्णय भएको अध्यक्ष बमले जानकारी दिए ।

    वडामा रहेका बिद्यालयमा अध्यानरत आयस्तर कमजोर भएका परिवारका विद्यार्थीहरुलाई पोसाकको ब्यवस्था गर्ने निर्णय भएको छ । पोसाकको रकम वडा अध्यक्षले पाउने पारिश्रमिकबाट पाउने छन् । 

    यस्तै आज अध्यक्ष धिरेन्द्र बहादुर बमले पदभार ग्रहण गरेका हुन् भने निवर्तमान वडा अधयक्ष राम बहादुर ऐरको बिदाई गरिएको छ ।  


    प्रतिक्रिया दिनुहोस