महेन्द्रनगर । गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति’ ले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेज संचालनको माग संघर्ष समितीले बिहिबार मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज संचालनमा ल्याउनु पर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडी बढाउनु पर्ने, मेडिकल कलेज संचालनका लागि आगामी आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरिनु पर्ने लगायतका माग राखिएका छन्।
यस्तै संघर्ष समितीले बिहिबार (आज) नै मेडिकल कलेज संचालनको सहित धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
.gif)