मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

उल्टाखामकी पीडीत बालिकालाई ५ लाख सहयोग गर्ने भीमदत्त नगरपालिकाको निर्णय,नगद ३९ हजार हस्तान्तरण


पश्चिम प्रेस
बिहीबार , जेठ १२ २०७९
  • 2.5K
    Shares

  • images
    images
    उल्टाखामकी पीडीत बालिकालाई ५ लाख सहयोग गर्ने भीमदत्त नगरपालिकाको निर्णय,नगद ३९ हजार हस्तान्तरण

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको आकस्मीक बसेको बोर्ड बैठकले उल्टाखामकी ११ वर्षीय बालीकाको परिवारलाई रु ५ लाख  सहयोग गर्ने निर्णय गरेको छ । 
     बिहिबार बसेको नगरपालिकाको बैठकले पीडीत बालिकाको नाममा खाता खोलेर ५ लाख सहयोग गर्ने निर्णय गरेको हो । त्यसैगरी नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम लेखक जोशी लगायत वडा अध्यक्षहरुले सहयोग संकलन गरेर बालिकाको उपचारका लागि  रु ३९ हजार ५ सय नगद सहयोग रकम बालीकाका बुवालाई हस्तान्तरण गरेका छन । सहयोग रकम हस्तान्तरण गर्दै नगर प्रमुख पदम बोगटीले बालीकाको उच्च शिक्षासम्मको पढाई ,स्वास्थ्य उपचार र जिविको पार्जनका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।‘प्रदेश सरकारलाई पनी सहयोगका लागि अनुरोध गर्छौ ।’ नगर प्मुख बोगटीले भने–‘अहिले स्वास्थ्य उपचारका लागि नगर सहयोग गरेका छौ ।’ गत मंगलबार विहान उल्टाखामकी बालिकामाथी ३४ वर्षीय दिनेश मालीले यौनदुव्र्यवहार गरेको आरोप लागेको थियो । आरोपित पुरुष भने सोही दिन झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बालीकाको धनगढी उपचार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस