मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

अध्यक्ष धामीलाई महासंघको मर्यादामा रहन प्रेस चौतारी कञ्चनपुरको आग्रह, सञ्चार माध्यमका विषयमा अनुचित पत्र नपठाउन ध्यानाकर्षण


पश्चिम प्रेस
शुक्रबार, जेठ १३ २०७९
  • 696
    Shares

  • images
    images
    अध्यक्ष धामीलाई महासंघको मर्यादामा रहन प्रेस चौतारी कञ्चनपुरको आग्रह, सञ्चार माध्यमका विषयमा अनुचित पत्र नपठाउन ध्यानाकर्षण

    महेन्द्रनगर ।  पश्चिम प्रेसमा प्रकाशीत समाचारको विषयलाई लिएर पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्षले प्रेस काउन्सिल नेपाललाई पठाएको पत्रप्रति प्रेस चौतारी नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

    होटल ९÷११ मा युवक ‘मुकुल पाण्डे’ मृत्यु प्रकरणको समाचारको विषयलाई लिएर पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले समाचार प्रकाशन गरेको सञ्चार माध्यम पश्चिम प्रेस प्रती अनुचित भाव राख्दै महासंघका पदाधीकारी संग छलफल नै नगरी प्रेस काउन्सिल नेपाललाई कार्वाहीका लागी सिफारिस गरेका थिए ।

    यसैबिच प्रेस चौतारी नेपाल शाखा कञ्चनपुरका अध्यक्ष लक्ष्मण दत्त पन्तद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कार्वाही जस्तो गम्भीर विषयमा पत्राचार गर्नुअघि शाखा कार्यसमितीमा छलफल नै नहुनु, जिल्ला शाखाका पदाधीकारीलाई जानकारी नै नहुँनु र एकलौटी ढंगले पत्राचार गर्नुले पनी अध्यक्षको असक्षमता र पूर्वाग्रह छताछुल्ल भएको उल्लेख छ । 

    समाचारबाट असर परेको व्यक्ति वा संस्थाले उजुरी पक्रियाको आधारभुत र पहिलो चरण नै पुरा नगरेको अवस्थामा पत्रकार आचारसंहीता विपरित महासंघका अध्यक्षा धामीले प्रेस काउन्सीलमा पत्राचार गर्नु न्यायसंगत देखिदैँन विज्ञप्तिमा भनिएको छ ।
    विज्ञप्तिमा महासंघका अध्यक्ष ज्यू होटल व्यवशायीको पक्षमा देखिनुुको रहस्य के हो ? पत्रकारको हकहितमा लाग्नु पर्ने महासंघले होटल व्यवशायीको अनुचित पक्षपोषणमा लाग्नु पर्ने बाध्यता के हो ?  

    प्रेस चौतारीले पत्रकार महासंघ प्रतिको आस्था र गरिमा बचाउन भूमिका खेलिदिन हुन प्रत्रकार महासंघ प्रदेश समिती र केन्द्रिय समितीलाई छानविनका लागी ध्यानाकर्षण गराएको छ । साथै, जटिल परिस्थितीमा पनि पत्रकारीता कर्ममा निरन्तर क्रियाशिल पत्रकारहरु निरुत्साहित हुने गरि महासंघ साखाका अध्यक्षले चालेको अनुचित कदम प्रती प्रेस चौतारी नेपाल कञ्चनपुरले घोर भत्सना गरेको छ । 

    relise.jpg


    प्रतिक्रिया दिनुहोस