मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

जेठ १६ गते प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस


पश्चिम प्रेस
शुक्रबार, जेठ १३ २०७९
  • 697
    Shares

  • images
    images
    जेठ १६ गते प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १६ गतेबाट सुरु गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्ने सिफारिस गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको बताइएको छ । मन्त्री रावलका अनुसार बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ ।


    प्रतिक्रिया दिनुहोस