सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुर भन्सारको १ करोडको एक्सरे मेसिन प्रयोगविहीन


पश्चिम प्रेस
आइतबार, जेठ १५ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुर भन्सारको १ करोडको एक्सरे मेसिन प्रयोगविहीन

    महेन्द्रनगर ।  भन्सार कार्यालय कञ्चनपुरको गड्डाचौकीमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छरु । ५ वर्षअघि गड्डाचौकी भन्सार कार्यालयले भारतबाट आउनेले बोकेका झोला तथा ल्याएका सामग्री जाँच गर्न भन्दै जडान गरेको उक्त मेसिन ३ वर्षदेखि प्रयोगबिहिन छ । भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बनेको छ ।
     २०७४ मा झन्डै एक करोड रुपैयाँभन्दा बढी खर्चेर एक्सरे मेसिन जडान गरिएको थियोरु। मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार र दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेहरूको जाँचमा सहज हुने अनुमान गरिएको थियोरु। त्यहीअनुसार करिब एक वर्षसम्म सेवा पनि दिइयोरु। तर मेसिन चलाउन सक्ने दक्ष जनशक्तिको अभाव र लामो समयदेखि बन्द हुँदा बिग्रेका कारण सञ्चालनमा ल्याउन नसकिएको भन्सार कार्यालयले जनाएको छ ।  भारतमा सास्ती खेपेर आएका नेपाली कामदारहरूले स्वदेशमा समेत जाँचका नाममा दुःख पाउँने गरेका छन । 

      गड्डाचौकी भन्सार कार्यालयका प्रमुख धुर्वराज विश्वकर्माले मेसिन सञ्चालनमा ल्याउनका लागि विभागमा पत्र पठाएको बताए । ‘हामीले विभागमा पत्र पठाएका छौ विभागबाट मेसिन मर्मतका लागि मान्छे आउनुपर्ने हो अहिलेसम्म आएन ।’ प्रमुख विश्वकर्माले भने । व्यवसायीहरुले भने भन्सार कार्यालयले मेसिन सञ्चालनमा नल्याउदा चोजाँचका नाममा अनावश्यक दुःख झेल्नुपरेको बताए ।


    प्रतिक्रिया दिनुहोस