महेन्द्रनगर । सुदूरपश्चिका महत्वपूर्ण आयोजनालाई सरकारले यसै वर्षदेखी अघि बढाउने गरी आगामी वर्षको बजेटमा समावशे गरेको छ ।
सुदूरपश्चिम प्रदेशकै बहुचर्चित ७५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने गरी यसै आर्थीक वर्षदेखी उक्त योजनाको प्राविधिक तयारी गरि निमार्ण कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । त्यसैगरी ३०९ मेघावाटको सेती(६ समेत प्राविधिक तयारी गरि निर्माण कार्य अगाडि बढाइने बजेट व्यतव्य मार्फत बताएको छ । यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने समेत बजेटमा उल्लेख छ । अर्थमन्त्री शर्माले चैनपुर(सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिएका छन ।
त्यसैगरी कैलालीको सेती र कञ्चनपुरको महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका हुन ।
यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए । गेटा मेडिकल कलेजमा पूर्वाधार विकासको काम ९० प्रतिशत सकिएको छ । सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने बताए । सरकारले आगामी बजेटबाट धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढी विमानस्थललाई स्तोरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्यन गरिने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन् । उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ । त्यसैगरी कञ्चनपुरको दोधारा चादनीमा प्रस्तावीत सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा कञ्चनपुरको चादनी दोधरामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने जनाएका हुन् ।
२०६४ सालमा कञ्चनपुरको दोधारा(चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले प्रस्ताव गरको थियो । महाकाली पारी दोधारा(चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित उक्त परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको दाबी गरिएको छ ।
तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा(चाँदनीमा सुख्खा बन्दरगाह र एकीकृत चौकी अपरिहार्य छ । कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरेको जनाए । महाकालीमा चार लेन पुलका लागि ४१ करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा चार लेन पुल निर्माणका लागि बजेट विनियोजन गरेको बताए । त्यसैगरी कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे । यहाँका स्थानीयले भने सरकारले ल्याएको बजेट कार्यान्वय हुने प्रति आशंका व्यक्त गरेका छन । महेन्द्रनगरका व्यवसायी यज्ञराज जोशीले भने सरकारले आगामी वर्षका लागि ल्याएको बजेट सुनमा पितलको जलप लगाएको जस्तो भएको प्रतिक्रिया दिए । उनले यस्ता बजेटहरु विगतका वर्षहरुमा पनि आउने गरेको भन्दै कार्यान्वयनमा प्रश्न उठाए ।
‘खाली यो गर्ने छु त्यो गर्ने छु मात्रै भन्ने गर्ने बेला केही नगर्ने अहिले आएको बजेट आर्थिक वर्ष सकिने बेला मात्रै कार्यान्वयको लागि आउछ त्यो बेला काम गर्न सक्दैनन बजेट फ्रिज जान्छ ।’ उनले भने(‘ त्यसैले आज बजेट आयो भोली देखी कार्यान्वयको चरणमा जाओस यहाँ त बजेट पास ६ महिनापछि हुन्छ त्यो खर्च गर्ने अख्तियारी चैत्र बैशाखमा आउछ त्यसरी हुदैन । यो बजेटले ठुला व्यवसायीहरुलाई राहत दिएको हामी जस्ता साना व्यवसायीहरुलाई केही गरेको छैन । ’ त्यसैगरी अर्का स्थान्ीय बेद चौधरीले भने समग्रमा बजेट राम्रो आएको बताए ।
उनले सरकारले ६८ वर्षमै वृद्ध भत्ता उपलब्ध गराउने र शिक्षा र विकासको क्षेत्रमा ल्याएको बजेट सन्तोषजनक रहेको बताए । विगतको तुलनामा यसपटकको बजेट आश लाग्दो रहेको उनको भनाई छ । तर सरकारले कार्यान्वयनमा भने तदारुकता देखाउनुपर्ने उनले बताए ।
.gif)