मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा वडा अध्यक्षको कुटाइबाट कांग्रेस कार्यकर्ता घाइते, वडा कार्यालयमा ताला


पश्चिम प्रेस
सोमबार, जेठ १६ २०७९
  • 1.3K
    Shares

  • images
    images
    कञ्चनपुरमा वडा अध्यक्षको कुटाइबाट कांग्रेस कार्यकर्ता घाइते, वडा कार्यालयमा ताला

    महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी बाट नव–निर्वाचित वडा अध्यक्षले नेपाली कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेको आरोप लागेको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष महेश राज जोशीले कुटपिट गरेको आरोप लागेको हो ।

    शनिवार बेलुका वडा अध्यक्ष जोशीले नेपाली कांग्रेसका कार्यकर्ता समेत रहेका नरेष गिरी माथी कुटपिट गरेकोे भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नवनिर्वाचित वडा अध्यक्ष जोशीले कुटपिट गर्नु गलत भएको सर्वदलिय बैठकले निष्कर्ष निकाल्दै सोमबार वडा कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ ।

    कुटपिटबाट घाइते गिरीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गिरीले मापसे सेवन गरेर वडा अध्यक्षको घरमा गइ हो–हल्ला गरेको भन्ने जानकारी प्राप्त भएको छ । वडा अध्यक्षको घरमै पुगेर मापसे सेवन गरेका व्यक्तिहरुले होहल्ला सुरु गरेपछि विवाद सुरु भएको जानकारी आएको प्रहरीले जनाएको हो ।

    दुवै पक्ष बिच छलफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक एवंम् प्रवक्ता चक्र बहादुर शाहले शनिवार साझँ भएको उक्त विवादको पटक–पटक छलफल चलेपनि निष्कर्ष ननिस्किएको जनाए । 


    प्रतिक्रिया दिनुहोस