महेन्द्रनगर । नेपाल टेलिकम महेन्द्रनगर अगाडी मकै पोलेर जिविका चलाउदै आएकी छन् भीमदत्त नगरपालिका–२ की लक्ष्मी कुँवर । जिवनमा आइपरेका अनेक विपदाहरु सामना गर्दे उनी अहिले प्रेरणाको स्रोत बनेकी छन् ।
१४ वर्षको बालापनै विवाह । त्यो पनि फुमाईस मै ४० वर्षीय पुरुष सँग । विवाहका लागी माग्न आउँदा थुप्रै जमिन, घर सम्पत्ति भएको फुमाईस गरेपछि पत्याएका परिवारले लक्ष्मीको विवाह गरिदिए ।
साउँद परिवारमा बुहारी बनेर गएदेखि विपत्ति सहन गरेकी उनले जीवनमा अनेक पिडाहरू सँग जुध्नु पर्याे । विवाह पछि भने तराइमा कुनै जमिन नभएको थाहा उनलाई भयो । सानै उमेर, त्यसैमा श्रीमानको ढल्केको उमेर जिम्मेवारीले काँध लिन थाल्यो ।
केही वर्षको पहाड बसाई पछि श्रीमान् सँगै रोजगारीका लागी भारत गइन् । विसं. २०५० सालमा स्वदेश फर्किएका उनले भीमदत्त नगरपालिका–१९ बागफाँटामा जमिन किनेर घरबार चलाउन थाले ।
बागफाँटामा १० कट्ठा जमिन किनेर घर बनाई बसेका उनले बताइन् । तर २०६८ सालमा भने उनले श्रीमान् गुमाउनु प¥यो । तब सम्म ४ सन्तानकी आमा बनेकी लक्ष्मी उनीहरूको पालन पोषण कसरी गर्ने भनी झनै चिन्तामा डुब्थिन् । २०७० सालमा प्राकृतिक प्रकोपमा परेको उनको परिवार घर विहीन बन्न पुग्यो । उक्त बखत बागफाँटा चौधर नदिमा आएको बाढीले घर सहित जमिन बगरमा परिणत गरिदियो । पुरै बगाएर लगेपछि घर विहीन बनेका उनले सम्झिइन् ।
न त माइती पक्षको सहयोग न त कुनै क्षेत्रबाट सहयोग नै पाउँदा ३ सन्तानको भविष्यले पिरोलेको उनी सम्झिन्छिन् । अलपत्र अवस्थामा परेपछि अझै चिन्ताले सताएको उनी बताउँछिन् ।
संयोगवश महिला सञ्जालको सम्पर्कमा पुग्दा टिक्ने आधार भेट्एिको उनले बताइन् । २०७१ साल पछि भने उनले नयाँ जिविको उपार्जन सुरुवात गरिन् ।
महिला सञ्जालले बस्नका लागी कन्या माध्यमिक विद्यालयको पुरानो भवनमा स्थान उपलब्ध गराएपछि जिविको उपार्जन पनि सुरु गरेको उनले बताइन् । सोही समय देखी मकै पोलेर बेच्न सुरु गरेकी उनी बालबच्चाको पढाई खर्च धान्न सहज भएको बताउँछिन् ।
उनको सँगै नेपाल टेलिकमको अगाडी छानाले छाएको सोनु नास्ता पसल सञ्चालनमा छ । नास्ता पसल र सिजनको ६ महिना मकै पोल्ने व्यवसायबाट खर्च धानिरहेको उनले बताइन् ।
व्यवसाय गरी भीमदत्त नगरपालिका वडा नम्बर २ मा आधाकठ्ठा जमिन खरिद गरेर घर बनाउन सकिएको उनले बताइन् । दैनिक १५ सय देखी २ हजार कमाइ हुने गरेको उनले बताइन् । उनी भन्छिन्–‘घाम पानी सहन त जिन्दगीले सिकायो, मिहिनेत, सङ्घर्ष गरे अवश्य सफल भइँदो रहेछ ।’
सत् मार्गमा हिँड्नेलाई भग वानको पनि सहारा हुने उनी बताउँछिन् । जीवनका अनेक विपत्तिको सामना गर्दे आएकी उनले अब भने सन्तानको शिक्षाको विषयले चिन्तित तुल्याउन थालेको बताउँछिन् । छोरा स्नातकमा पढ्ने समय पुगेको छ, उनले भनिन्–‘खर्च जुटाउन समस्या हुनेमा चिन्तित छु ।’
यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएकी धना पन्त विगत ६ वर्ष देखी मकै बेच्दै आएकी छन् । उनको महेन्द्रनगर स्थित भीमदत्त स्मृति पार्क छेउमै मकै पोलेर बेच्दै आएको ६ वर्ष बितेको छ । तराईमा घर नहुँदा प्रतिकेजी रु. ३० देखी ४० मा मकै किनेर बेच्ने गरेकी उनले बताइन् । श्रीमान् बरफ बेच्नु हुन्छ, उनले भनिन्–‘मकै पोलेर बेच्दै आएकी छु ।’
जसबाट दैनिक २ देखी ३ हजार कमाइहुने गरेको उनी बताउँछिन् । भाडामा बस्दै आएका उनी दैनिक खर्च चलाउन ठिक्क हुने बताउँछन् । घरमा एक छोरा एक छोरी छन्,–उनले भनिन्–‘पढाइ खर्च देखी सबै कुरा धान्न यसले सघाउ पु¥याएको छ ।’

चन्द्र बहादुर थापा
भीमदत्त नगरपालिका वडा नम्बर ३ सुभ प्रभात टोलका चन्द्र बहादुर थापा जिल्ला कृर्षि विकास कार्यालय अगाडी सडकमा मकै पोल्दै गरेको अवस्थामा भेटिनु भयो । टंटनापुर घाममा पसिना चुहाएर फुँ–फुँ गर्दे मकै पोलिरहेका थिए । किराना पसल पनि थापेका उनले श्रीमतीले पसल चलाउन सक्ने भएपछि मकै पोल्दै गरेको बताए । प्रतिकोसा रु २० मा मकै बिक्रि गरिरहेका उनले दैनिक ८ सयको हाराहारीमा कमाइ हुने गरेको बताए ।
जिवन जिउनका लागी निरन्तरता आवश्यक रहेको सम्झँदै उनले विगतमा एक काम र पछि रोजगारी विहीन हुँदा पसल र यसतर्फ लागेको बताए ।
विसं. २०४४ साल देखी डिभिजन सडक कार्यालय महेन्द्रनगरमा सुपर भाइजरको काम गरेका उनी स्थायी कर्मचारी आएपछि ०५३ सालमा बेरोजगार बने । बेरोजगार बनेपछि सानोतिनो व्यवसाय गरेर घरखर्च धान्दै आएको उनी बताउँछन्। ‘परिवारसँगै व्यवसाय तर्फ लागेकाले सिजन अनुसार खटिने गरेको छु ।’ उनले भने ।
महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जिविको उपार्जन गरिरहेका हुन् । सिजन अनुसार वैशाख देखी असोज महिना सम्म मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरूले बताएका छन् ।
तर सरकार बाट सहुलियत गरिए सहजता हुने उनीहरूले अपेक्षा गरेका छन् । स्थानीय सरकारले उक्त व्यवसाय गर्दे आइरहेकाको सहजताका लागी बजार व्यवस्थापन मात्रै गरेपनी आम्दानी गर्न सहजता हुने जसमध्येका चन्द बहादुर थापाले बताए । अहिले उनीहरूले सडक किनारामा घाममै मकै बेच्दै आएका छन् ।
.gif)