मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अछाममा एक युवक मृत फेला,स्थानीय आन्दोलीत


पश्चिम प्रेस
शनिबार, जेठ २१ २०७९
  • 615
    Shares

  • images
    images
    अछाममा एक युवक मृत फेला,स्थानीय आन्दोलीत

    अछाम ।  अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान दिएका छैनन् ’ प्रजिअ मरासेनीले भने ,‘प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड पनि भएको छ । अवस्था सामान्य बन्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेर लास उठाउन त के हेर्न समेत पाएका छैनन् ।’

    केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । अहिले एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन् । प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् । 


    प्रतिक्रिया दिनुहोस