महेन्द्रनगर । कञ्चनपुरमा अघोषितरुपमा विद्युत् कटौती हुँदा जनजीवन प्रभावित बनेको छ । जिल्लामा कुनै न कुनै कारणले प्रत्येक दिन घटौँ विद्युत् अवरुद्ध हुने गरेको छ । अघोषित रूपमा विद्युत् कटौती गरिदा जनजीवन प्रभावित बनेको हो ।
लोडसेडिङ मुक्त भई विद्युतको समस्या नझेल्नु पर्ने आश्वस्त रहेका व्यापारी, उद्योगी र आम सर्वसाधारण अहिले भने विकल्प खोज्न बाध्य देखिएका छन् । लोडसेडिङ कै कारण उनीहरूले विद्युतीय उपकरणको प्रयोग बढाउन थालेका छन् । महेन्द्रनगर स्थित भागेश्वरी टूेड एण्ड सप्लार्यस, एभरेष्ट सोलार , उदयदेव सोलार सप्लायरले इन्भटर र सोलार विक्री बढेको जनाएका छन् । दैनिक रूपमा विगतको भन्दा उपकरणहरूको माग बढेको उनीहरूले बताएका छन् ।स्थानीयहरूले दैनिक विद्युत् कटौतीले गर्मी समयमा बस्नै मुस्किल भएको गुनासो गरेका छन् । तर विद्युत् प्राधिकरण महेन्द्रनगर शाखाले भने नियमित समस्याका कारण विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ ।
विद्युत् प्राधिकरणका सहायक इन्जिनियर ललित चन्दले खराबी आएको स्थानमा मर्मत गर्नुपर्दा अवरुद्ध गरिने गरेको बताए । गर्मी समय चलेसँगै विशेष गरी वैशाख अन्तिम साता देखि जिल्लामा अघोषित विद्युत् कटौतीको समस्या बढेको छ । लालपुर सब स्टूेसन र बेलौरी सब स्टेूसनमा समेत छिन छिनमा खराबी आउँदा विद्युत् अवरुद्ध हुने गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पनी विद्युत् अवरुद्धको समस्या बढेको गुनासो गरिएको छ । यसैविच शुक्रबार विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रमा स्थानियहरुले विभिन्न कारण देखाउदै पटक(पटक विद्युत अवरुद्ध गरिरहेको भन्दै ध्यानाकरण गराएका छन् । उनिहरुले बिभिन्न ४ बुदे मागहरु राख्दै सातादिन भित्र सम्बोधन नगरिए आन्दोलनमा उत्रन बाध्यहुने चेतावनी समेत दिएका छन् ।
स्थानियहरुले ३३ केभी लाईन मर्मत कार्यको लागि थप प्राविधिक जनशक्तिलगाई खटाई आजकै मितीले हुन आउने ठिक एकसाता भित्र कार्यसम्पादन हुनुपर्ने , उचित स्थानमा टूान्स्फर्मरको व्यवस्था हुनुपर्ने, रातीको समयमा हुन आउने विद्युत समस्यालाई हल गर्न आवश्यकता अनुसार प्राविधिक परिचालित गरिनुपर्ने, कृषि सिंचाइको लागि व्यवस्थीत विद्युत आपुर्ति गरी सिंचाइको लागि सहज बनाइनुपर्ने माग सहित प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पुराना सामाग्रीहरु फेरबदल भन्दै प्राधिकरणले विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको हो । प्रचण्ड गर्मिको समयमा प्राधिकरणले कुनै न कुनै समस्या देखापरिरहने बताएको छ । सहायक इन्जिनियर चन्दले अत्याधिक गर्मीका कारण फ्युज जाने गरेको बताए ।
.gif)