मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलाली कञ्चनपुरमा अत्यधीक गर्मी


पश्चिम प्रेस
शुक्रबार, जेठ २७ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कैलाली कञ्चनपुरमा अत्यधीक गर्मी

    महेन्द्रनगर । कैलाली र कञ्चनपुरलगायत तराईंका जिल्लामा अत्याधिक गर्मी बढ्दो छ। गर्भी बढेसँगै जनजीवन प्रभावित बनेको छ। अत्याधिक गर्मी हुँदा कैलाली, कञ्चनपुरको जनजीवन प्रभावित बनेको हो। मनसुनको सुरुवात भइसक्दा पनि पानी नपर्दा यहाँको जनजीवन कष्टकर बनेको स्थानीय बताउँछन्। बालबालिका र ज्येष्ठ नागरिक अत्याधिक गर्मीको सबैभन्दा बढी मारमा परेका छन्।  समयमा पानी नपर्दा र अत्याधिक गर्मीले विद्यार्थीहरूसमेत निकै मारमा परेका छन्।

    अत्याधिक गर्मी त्यसैमा विद्युत आउने जाने समस्याले  झनै झनै समस्या थपिएको छ। हावापानी कार्यालय अत्तरियाको रेकर्ड अनुसार गत वैशाख १३ गतेका दिन अहिलेसम्मकै बढी ४० दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। पछिल्ला दिनहरुमा ४० डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएको छ। हावापानी कार्यालयको यो तथ्याङ्क हेर्दा सुदूर तराईमा गर्मीको मात्रा अत्याधिक रहेको मौसमविद्हरु बताउँछन्।


    प्रतिक्रिया दिनुहोस