मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा हावाहुरीले दर्जनाैं घरमा क्षति


पश्चिम प्रेस
शनिबार, जेठ २८ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कैलालीमा हावाहुरीले दर्जनाैं घरमा क्षति

     कैलालीमा आएको हावाहुरीका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने केही पशुचौपाया समेतको मृत्यु भएको छ । हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको छ ।

    केही घरमा सालका रुख समेत खसेको छ भने केहीको टिन र फुसको छानो उडाएको वडानम्बर ४ का अध्यक्ष जन्ताराम चौधरीले बताए । हावाहुरीका कारण अन्य स्थानमा समेत क्षति पुगेको खबरहरु आइरहेको बताउदै अध्यक्ष चौधरीले आफू त्यसतर्फ गईरहेकोले के कति क्षति भएका छ्न् अहिले नै भन्न नसिने बताए ।


    प्रतिक्रिया दिनुहोस