महेन्द्रनगर । पछिल्लो समय आधुनिकताले मौलिक देउसी भैलो लोप हुने अवस्थामा छ । परम्परागत रुपमा खेली देउसी भैलो र आजभोलि देख्न मुस्किल पर्छ । विशिष्ट सांस्कृतिक चिनारीले चिनिने नेपाल पछिल्लो समय युवापुस्ताले आधुनिकतामा रमाउदा संस्कृति लोप हुने खतरामा छ ।
अहिलेका युवापुस्ता सबै साउण्ड सिस्टममा गीत बजाएर नाच्ने गरेका छन । यही तरिकाले अर्को पुस्ताले मौलिक देउसी–भैलो कस्तो थियो भनेर थाहै नपाउने स्थिति आउन सक्ने अघिल्लो पुस्ताको भनाई छ ।
गाईतिहारको पूजा गरिसकेपछि घर–घरमा नाच्न सुरु गरिने यो पर्व पहाडी जिल्लामा भैलो भन्ने परम्परा रहेको छ तर परम्परागत देउसी–भैलोको संरक्षण भने हुन सकेको छैन ।
आधुनिकता भित्रिएसँगै डिजे बजाउने र उत्तराधुनिक प्रवृत्तिको गीतमा गरिने नृत्य आजकलको देउसी–भैलोमा मिसिएको छ । परम्परागत भेषभुषा र नाचगानलाई महत्व दिएर मनाउनुपर्ने चाडपर्वमा उत्तराधुनिक गीतसंगीत र बनिबनाउ गीतमा गरिने नृत्यले देउसी–भैलोसँगै तिहारको मौलिकतामा समेत प्रभाव पार्ने निश्चित छ ।
.gif)