सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

यसकारण भाईटीकामा ओखर फुटाइन्छ


पश्चिम प्रेस
शनिबार, कात्तिक २० २०७८
  • 1.1K
    Shares

  • images
    images
    यसकारण भाईटीकामा ओखर फुटाइन्छ

    महेन्द्रनगर । भाइटीकाका दिन ओखर महत्वपूर्ण मानिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुअघि मूलढोकामा ओखर फुटाउने गरिन्छ । त्यसरी ओखर फुटाउँदा दाजुभाइ तथा दिदीबहिनीका बाधा–अड्चन हट्ने जनविश्वास छ ।
    भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाउनुअघि दैलोमा ओखर फुटाउने प्रचलन छ । दिदिबहिनीले दाजुभाइको सबै दुःख, कष्ट, अड्चन नास होस भनेर महासुरको टाउकोका रूपमा ओखर फुटाउने परम्परा रहेको जानकारहरुको बताउँछन । तिहारमा विशेषगरी हाडे ओखर दैलोमा फुटाउन प्रयोग गरिन्छ भने दाँते ओखर भाइमसलामा प्रयोग हुन्छ । स्वास्थ्यका दृष्टिले हो या सांस्कृतिक महत्वले ओखरका अनेक फाइदा छन । तिहारमा त झन ओखरको महत्व धेरै छ । 


    प्रतिक्रिया दिनुहोस