कैलाली जिल्लाको गोदावरी नगरपालिका पूर्वपश्चिम राजमार्ग वडा नं. १ मा गाडीको ठक्करबाट एक जना घाइते भएका छन् । उक्त गाडी पूर्वबाट अत्तरियातिर आइरहेको अवस्थामा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते हुनेमा गोदावरी नगरपालिकाका २८ वर्षीय श्याम विश्वकर्मा रहेका छन् । विश्वकर्माको उपचारका लागि पदमा अस्पतालमा भर्ना गरिएको थियो । पदमा अस्पतालले घाइतेको अवस्था गम्भीर रहेकाले मायामेट्रो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
.gif)