सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको हो।हाल सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिममा अझैँ मनसुनी वायु सक्रिय भइसकेको छैन। तर, आज राति भने ठुलो वर्षाको आँकलन महाशाखाले गरेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिममा पनि एक/दुई दिनमा मनसुनी वायुको प्रभाव हुनेछ।
.gif)