मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

चट्याङ लागेर खेतमा काम गरिरहेका दुई किसानको मृत्यु


पश्चिम प्रेस
मंगलबार, असार १४ २०७९
  • 853
    Shares

  • images
    images
    चट्याङ लागेर खेतमा काम गरिरहेका दुई किसानको मृत्यु

    महेन्द्रनगर। कञ्चनपुरको पुर्नबास नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बर्षासँगै चट्याङ पर्दा पुर्नबास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    यता चट्याङ परेर पुर्नबास नगरपालिका–८ ‘क’गाउँका २५ वर्षीय शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा ‘च’खेतमा मेड लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्ति समेत सामान्य घाइते भएका छन् ।


    प्रतिक्रिया दिनुहोस