महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ स्थीत पोखरीमा बुधवार दिउसो घर भत्किदा ४ बर्षिया बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका ४ धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाईते भएका छन । स्थानीय प्रेम साउदको जग्गा अधिया बनाउन गएका बेला पार्वती खुनाले ४ वर्षिया छोरी र ११ बर्षिया छोरा अर्जुन खुनालाई उक्त घरमा छोडेर रोपाई गरिरहेकी थिईन ।
कच्ची घर भत्किएपछि घरले च्यापिदा धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए ।
घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र ११ वर्षीय अर्जुन खुना घाइते भएका छन । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । थारु रोपाई सकेर आरा मगर्नका लागि उक्त घरमा पसेका थिए ।
.gif)