शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण


बिहीबार , असार १६ २०७९
  • 750
    Shares

  • images
    images
    निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण

    भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयले यहाँका किसानलाई निःशुल्क फलफूल र बहुउपयोगी अन्य बिरुवा वितरण गर्न थालेको छ । ती कार्यालयले जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि किसानलाई बिरुवा वितरण गर्दै आएको हो । जलाधार व्यवस्थापन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन गरेका र किसानको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका विभिन्न प्रजाजिका ४० हजार बहुउपयोगी विरुवा वितरण गर्न लागेको छ ।

    वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पुष्पराज जोशीका अनुसार जिल्ला बाहिरबाट ल्याइएका तथा कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा डोटीसहित यहाँका अन्य जिल्ला अछाम र बाजुरामा पनि वितरण गरिने भएको छ । निःशुल्क वितरण गर्न सुरु गरिएका बिरुवामा कागती, लिची, आँप, धुपी, बकाइनो, कल्की, किम्बू, कोइरालो, अम्बा, मेवा, मसला, भुजेत्रोलगायत फलफूल र घासेवालीहरु रहेका छन् । यसैगरी वन कार्यालयले पनि विभिन्न प्रजातिका बिरुवासँगै फलफूलका बिरुवा वितरण गर्न सुरु गरेको उक्त कार्यालयका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस पटक कार्यालयले सुन्तलाका छ हजार, कागतीका तीन हजार २००, भोगटेका तीन हजार, लिचीका ५००, अम्वाका दुई हजार र रुख कटरका एक हजार बिरुवा वितरण गर्ने भएको छ । उक्त कार्यालयले यहाँका नौवटै स्थानीय तहमा १५ हजार ७०० फलफूलका विरुवा वितरण गर्ने कार्ययोजना अनुसार ती बिरुवा बितरण गर्न सुरु गरेको हो ।




    प्रतिक्रिया दिनुहोस