मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

४० वर्षमाथिका अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने


पश्चिम प्रेस
शुक्रबार, असार १७ २०७९
  • 773
    Shares

  • images
    images
    ४० वर्षमाथिका अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने

    काठमाडौं । अब ४० वर्ष उमेर पुगेर विवाह नगरी एकल जीवन विताइरहेका महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त सहमति भएको हो। 

    समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो।यस्तै, सम्बन्ध विच्छेद गरेर १२ वर्षदेखि एकल जीवन बिताइरहेका महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान सर्वसम्मतिले पारित गरिएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिइन्

    बैठकले नेपाल सरकारले पिछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोबास गर्ने नागरिकलाईसमेत त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधान पनि राखेको छ।


    प्रतिक्रिया दिनुहोस