मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउदै


पश्चिम प्रेस
शनिबार, असार १८ २०७९
  • 594
    Shares

  • images
    images
    शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउदै

    रासस । शहरी क्षेत्रलाई व्यवस्थापन गर्न ले मेट्रिक ठेगाना प्रणाली(मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ ।नगरपालिका क्षेत्रमा रहेका १० हजार ७२१ घरघुरीमध्ये पहिलो चरणमा चार हजार ८५० घरघुरीमा उक्त प्रणाली राख्ने कार्य शुरु गरिएको छ । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत रु नौ लाख ५० हजार खर्चगरी नगरपालिकाको शहरी क्षेत्रमा सो प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्ने कार्य अगाडी बढाइएको हो ।

    घर नम्बरसंगै सोही प्रणाली अन्तर्गत १२३ वटा सडकको नामाकरण गर्ने कार्यका लागि होर्डिङ बोर्ड राख्ने कार्यसमेत अगाडि बढाइएको नगरपालिकाका पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताउनुभयो । “हाउस नम्बरिङ र रोड इन्फोरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक छ” उहाँले भन्नुभयो, “यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ । यसमा दायाँ–बायाँ क्रमशः जोर–विजोर नम्बर दिने गरिन्छ । बाटोको आमुन्ने–सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोडी नम्बर र बायाँतिर विजोर नम्बर दिइने गरेको शाखाप्रमुख धामीले जानकारी दिनुभयो ।


  • सम्बन्धित विषय:

  • # शुक्लाफाँटा नगरपालिका
  • प्रतिक्रिया दिनुहोस