महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नतिजा अन्तिम चरणमा पुगेको छ । कांग्रेसमा सभापति,उपसभापति महामन्त्री,सह–महामन्त्री र ३५ खुला केन्द्रीय सदस्यको नतिजा आईसकेको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं.३ बाट नेता रमेश लेखक केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन । उनी केन्द्रीय सदस्य निर्वाचित भएसंगै कांग्रेस प्रवक्ताको जिम्मेवारी पाउने चर्चा चलेको छ । कांग्रेस नेताहरुका अनुसार उनले प्रवक्ताको जिम्मेवारी पाउने सम्भावना बलियो छ ।
नेपाली कांग्रेसमा सभापतिले प्रवक्ता नियुक्त गर्ने प्रावधान भएकाले देउवाका विश्वासपात्र मानिने लेखकलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ । नेता लेखक वरिष्ठ अधिवक्ता समेत हुन । देउवाले कानुनी सल्लाह लिन तथा अदालती प्रक्रियामा लेखकलाई जिम्मेवारी दिँदै आएका छन । द्वन्द्वकालीन दुई आयोगमा पदाधिकारी चयन तथा अवधि थप्ने विषयमा पनि उनले आवश्यक परामर्श सभापतिलाई दिँदै आएका थिए । लेखकले खुला तर्फको केन्द्रीय सदस्यमा सातौं स्थानको मत ल्याएका थिए ।
.gif)