मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध


पश्चिम प्रेस
आइतबार, असार १९ २०७९
  • 628
    Shares

  • images
    images
    पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध

    बैतडी । सडक माथिबाट खसेको पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । आज दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो । राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीचबाटोमा अलपत्र परेका छन् । राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # दशरथचन्द राजमार्ग
  • प्रतिक्रिया दिनुहोस