शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आयो


पश्चिम प्रेस
सोमबार, असार २० २०७९
  • 494
    Shares

  • images
    images
    बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आयो

    रासस । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३  लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ । आज प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ । यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो । सरकारले ५  देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ । पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो । सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ । 

    यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 


  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • प्रतिक्रिया दिनुहोस