शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

थप ९० जनामा सङ्क्रमण पुष्टि


पश्चिम प्रेस
मंगलबार, असार २१ २०७९
  • 529
    Shares

  • images
    images
    थप ९० जनामा सङ्क्रमण पुष्टि

    रासस । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ११२ को नमूना परीक्षण गरिएको थियो । एक हजार ९४४ ले पिसिआर र एक हजार १५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५५५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख ११ हजार ५३१ ले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४०१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा ३९९, संस्थागत आइसोलेसनमा दुई, आइसियु दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासी दाङ, अर्घाखाँची, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २१९ र ललितपुर ३४ र भक्तपुरमा १० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ प्रतिशत छ ।


  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • प्रतिक्रिया दिनुहोस