शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतमा पछिल्लो २४ घण्टामा थप १८ हजार २५७ जना कोरोना सङ्क्रमित


पश्चिम प्रेस
आइतबार, असार २६ २०७९
  • 504
    Shares

  • images
    images
    भारतमा पछिल्लो २४ घण्टामा थप १८ हजार २५७ जना कोरोना सङ्क्रमित

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०ं।३० प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।५० प्रतिशत रहेको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा ४२ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ ।

    २४ घण्टाको सो अवधीमाा चार लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । २४ घण्टाको समयावधीमा दश लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आइतबार जानकारी दिएको छ । 


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित
  • प्रतिक्रिया दिनुहोस