धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार पनि स्थगित भएको छ। सरकारले आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरूले बजेट संशोधन हुनुपर्ने माग गरेका छन्। उनीहरूले संशोधनको माग राख्दै बजेटमाथिको छलफलसमेत अस्वीकार गरेका थिए। त्यसक्रममा सत्तारुढ दलकै सांसद र आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्कीसमेत भएको छ। परामर्श समितिमै सहमति नजुटेपछि आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो।
सत्तारुढ दलकै सांसदहरूले गत असार १ गते अर्थमन्त्री रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेट संशोधनको माग गरेपछि अहिलेसम्म प्रदेशसभा बैठक बस्न सकेको छैन। असार मसान्तभित्र अगामी वर्षको बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका कारणले समय घर्किंदै गएपछि अर्थमन्त्री र सरकार दबावमा परेका छन्।
.gif)