मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम सेवा समाज यूएईको दोस्रो क्षेत्रीय समिति विस्तार, अध्यक्षमा चन्द्रसिंह धामी


पश्चिम प्रेस
सोमबार, असार २७ २०७९
  • 1.2K
    Shares

  • images
    images
    सुदूरपश्चिम सेवा समाज यूएईको दोस्रो क्षेत्रीय समिति विस्तार, अध्यक्षमा चन्द्रसिंह धामी

    महेन्द्रनगर । ‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ मूल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासीलाई एकसूत्रमा बाँध्ने उद्देश्यले स्थापित सुदूरपश्चिम सेवा समाज यूएईले दोस्रो अबुधाबी क्षेत्रीय समिति विस्तार गरेको छ ।

    देशमा हुने प्राकृतिक प्रकोप जस्ता विपत्तिमा सहयोग गर्न तथा वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका सुदूरपश्चिमवासीसहित नेपालीको हितका लागि समाज संगठित रूपले अगाडि बढेको छ ।

    २०१५ जनवरी २ मा स्थापना भएको समाजले चन्द्रसिंह धामीको अध्यक्षतामा अबुधाबी क्षेत्रीय समिति गठन गरेको छ । आइतवार सुदूरपश्चिम सेवा समाज यूएई अबुधाबीमा बसेको बैठकको अध्यक्षता चन्द्रसिंह धामीले गरेका थिए ।

    बैठकमा प्रमुख अतिथि सुदूरपश्चिम सेवा समाज यूएईका केन्द्रीय अध्यक्ष दानसिंह महरा ‘दिनेश’, विशिष्ट अथिति समाजका सल्लाहकार देव कुँवर, रामबहादुर थापा ‘चैतन्य’ रहेका थिए ।

    सुदूरपश्चिमवासीको भेलाले चन्द्रसिंह धामीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ भने ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारमा दिपेन्द्रबहादुर चन्द, प्रकाश चन्द र प्रकाश सामन्त छन् भने उपाध्यक्षमा पुरुषोत्तम भट्ट, कोषाध्यक्षमा बबिता भट्ट, सहकोषाध्यक्षमा मनोज नायक, सचिवमा नारायण बुडाल, सहसचिवमा अशोक थापा चयन भएका छन् । 

    कार्यसमिति सदस्यमा चन्द्रदेव भट्ट, शंकर चन्द, खेमा विष्ट, गगन थापा, वीरेन्द्र बोहरा, सन्तोष बोहरा, सुरज भाट, गणेश जोशी, दिपेन्द्र भण्डारी, गोपाल वली, भीम कुँवर, राजु बोहरा, करण साउँद, प्रकाश कार्की, बलराम जोशी र पुकार चन्द चयन गरिएका सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष दानसिंह महरा ‘दिनेश’ले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस