महेन्द्रनगर । बैतडीसहित दार्चुला र बझाङ भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार बैतडी, दार्चुला र बझाङ भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएकोछ । साथै महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका नागरिकहरु लाई आग्रह गरिएको छ ।
.gif)