शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बेदकोट ९ सुन्दरपुर को विद्यालय गेटमा नेकपा एमाले लेखेपछि आलोचना


पश्चिम प्रेस
मंगलबार, असार २८ २०७९
  • 877
    Shares

  • images
    images
    बेदकोट ९ सुन्दरपुर को विद्यालय गेटमा नेकपा एमाले लेखेपछि आलोचना

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका ९ स्थित सुन्दरपुर उदयदेव माध्यमिक विद्यालयको गेटमा नेकपा एमाले लेखेपछि आलोचना भएको छ । नेकपा एमालेको वडा कमिटीले विद्यालयलाई गेट सहयोग गरेको थियो । तर उक्त गेटमा नेकपा एमालेले आफ्नो नाम लेखेपछि विवाद सिर्जना भएको हो ।

    गेटमा एमालेको चुनाव चिन्ह सुर्य र स्वस्तिक छाप हानेको देखिएको छ । आइतबार सार्वजनिक बिदाका दिन उक्त गेट बनाइएको थियो । एमालेले विद्यालयको गेटमा पार्टीको नाम लेखेपछि शिक्षक, विद्यार्थी र अन्य दलका प्रतिनिधिहरुले आलोचना गरिरहेका छन ।

    वडा अध्यक्ष जनक बिष्टले आलोचना आएपछि मिस्त्री लाई मेट्टाउनको लागि आफुले भने पनि कांग्रेस कार्यकर्ताहरुले अवरोध गरिरहेको बताउनु भएको छ । 

     


  • सम्बन्धित विषय:

  • # बेदकोट नगरपालिका
  • प्रतिक्रिया दिनुहोस