शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवाले गरे भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण


पश्चिम प्रेस
बुधबार, असार २९ २०७९
  • 426
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवाले गरे भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण

    महेन्द्रनगर । आज २०९औँ भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका छन् । प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो ।  

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरूको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताएका छन ।

    साथै आदिकवि भानुभक्तले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिकरूपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन योगदान पुर्‍याएको समेत बताउनु भएको छ । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • प्रतिक्रिया दिनुहोस