महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास १० बाट ५० क्विन्टल मल बरामद गरिएको छ । आज इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो । जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको छ । प्रहरीले से २ त २३७० नम्बरको ट्याक्टर समेत बरामद गरेको छ।
भारतबाट ल्याएको मल कृष्णपुरतर्फ गइरहेको अवस्थामा बरामद गरिएको हो । एक लाख ५० हजार मूल्य बराबरको मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको जनाइएको छ ।
.gif)