शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत भ्रमणमा जाँदै


पश्चिम प्रेस
शुक्रबार, असार ३१ २०७९
  • 665
    Shares

  • images
    images
    माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत भ्रमणमा जाँदै

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुुभएको थियो ।

    अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो । बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो । दाहाल आगामी साउन १ गते स्वदेश फर्कनु हुनेछ ।


  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • प्रतिक्रिया दिनुहोस