राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गर्नुभयो । “स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो ।
.gif)