कैलाली जिल्लाको जानकी गाउँपालिका २५ वर्षीय अर्जुन दासको हत्या भएको ६ दिन बितिसक्दा हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै उनका आफन्त तथा स्थानीय बासिन्दाहरुले बिहीबार गाउँपालिका बन्द गराएका छन् ।हत्यामा संलग्न व्यक्तिलाई आजीवन कारावास र मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायतका विभिन्न मागहरु राख्दै बिरोध प्रदर्शन सहित गाउँपालिका कार्यलय घेराउ गरेका छन् । पीडित परिवारले हत्यामा संलग्नलाई कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ ।
.gif)